सवारी साधन चेकजाँचका क्रममा लागु औषध सहित दुई युवा पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका –४ बाट लागुऔषध सहित प्रहरीले दुई युवा पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय आबुखैरेनीका अनुसार पृथ्वी राजमार्गका मुग्लिङबाट आँबुखैरेनी जाँदै गरेका सवारी साधन चेकजाँच गर्ने क्रममा भानु नगरपालिकाको वडा नम्बर १ बस्ने वर्ष २२ को दिपेश परियार र वडा नम्बर ६ बस्ने वर्ष २४ को सलमान मियाँ पक्राउ परेको हो ।

परियारको साथबाट ट्रामाडोल लेखिएको ५७० ट्याब्लेट र मियाको साथबाट ट्यापेनडेटल ४६ ट्याब्लेट बरामद गरिएको छ । तनहुँ जिल्ला अदालतबाट आइतबार म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्