
दमौलीः तनहुँका कांग्रेस युवा नेता विवेक न्यौपाने नेपाल तरुण दलको विधान मस्यौदा समिति सदस्य मनोनित भएका छन् ।
दलका अध्यक्ष विद्वान गुरुङले गत चैत्र १५ र १६ गतेको बैठकको निर्णयअनुसार अधिवक्तासमेत रहेका न्यौपाने समिति सदस्य मनोनित भएको जानकारी दिए ।
पाँचथरका धनराज तुम्वापो संयोजकत्वको समितिले असार १० गतेसम्म मस्यौदा दललाई बुझाउनुपर्नेछ ।
न्यौपाने कांग्रेस केन्द्रमा केन्द्रीय सदस्य सेखर कोइरालानिकट मानिन्छन् ।