
आँबुखैरेनी : विश्व वातावरण दिवसका अवसरमा आँबुखैरेनीमा साइकल र्याली गरिने भएको छ ।
आँबुखैरेनीस्थित एमटिबी आँबुखैरेनी साइक्लिङ समूहको आयोजनामा शनिबार हुने कार्यक्रममा आँबुखैरेनी बजारभित्र साइकल र्यालीका अलावा बजारको सरसफाइसमेत हुने भएको छ ।
आँबुखैरेनीका सचेत युवाहरुद्वारा गठित समूहले वातावरण दिवसमा फोहोर नगर्न तथा वातावरण संरक्षणका लागि सन्देश दिने उद्देश्यले र्याली गरिन लागिएको ग्रुपले जनाएको छ ।
‘सकिन्छ सफा र व्यवस्थित गरौं, सकिन्न फोहोर नगरौं’ नाराका साथ हुने कार्यक्रममा फोहोर संकलनसमेत हुने आँबुखैरेनी काठमाडौं समाजका सचिव प्रविन तिमिल्सनाले जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिकाको भवनबाट शुरु र्याली बजारका विभिन्न भाग हुँदै मुख्य चोकस्थित पृथ्वी राजमार्गमा पुगेर टुंगिनेछ । समूहले कार्यक्रममा सहभागीताका लािग सबै नगरवासीमा अपिल गरेको छ ।