
दमौली : एक्कासि चलेको हावाहुरीका कारण तनहुँको व्यास नगरपालिकाको विभिन्न स्थानमा क्षति पुर्याएको छ ।
विहिवार ५ वजे अचानक आएको हावाहुरीले तनहुँको व्यास १४ कुलुङ,माझथरको घरको टिन उडाएर क्षति पुर्याएको हो।
त्यस्तै गरी हावाहुरी व्यास ७ र ९ को वडा कार्यालयको छाना उडाउनुका साथै कलेस्ती,गजौडे र माझफाँटमा रहेका करिब ४० घरहरूको छाना उडाएर क्षति भएको स्थानीयले बताएका छन्।