पीसीआरभन्दा छिटो नतिजा आउने विधिबाट परीक्षण अनुमति

  • ख-
  • ख+

काठमाडौंः अब कोरोनाको नतिजा प्राप्त गर्नका लागि पीसीआर प्रविधिको मात्र भर नपर्नु पर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर भन्दा छिटो नतिजा दिने एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्न अनुमति दिएको छ ।

सरकारले कोभिड–१९ राष्ट्रिय टेस्टिङ गाइडलाइनलाई चौथो पटक संशोधन गरी कोरोना परीक्षणमा एन्टिजेन किट प्रयोग गर्न सकिने स्वीकृति प्रदान गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण गर्न राष्ट्रिय प्रयोगशालाले अनुमति दिएका प्रयोगशालाहरुले पाउनेछन् । यो प्रविधि पीसीआरभन्दा छिटो नतिजा दिने र भिडभाड भएका धेरै व्यक्तिको तत्काल नतिजा निकाल्नका लागि उपयोग हुने बताइन्छ ।

यसले कम समयमा धेरै व्यक्तिको परीक्षणको नतिजा दिन सक्छ ।
हाल छिमेकको भारतलगायतका मूलुकमा पनि यो प्रविधिबाट परीक्षणको अनुमति दिइएको छ ।
यस्तो प्रविधिबाट परीक्षण गर्दा अधिकतम एक हजार रुपैयाँ शुल्क लिने व्यवस्था गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्