पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको बन्दीपुर २ बट्टार स्थित सुलेरहमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ ।  

जिल्ला प्रहरी कार्यालय तनहुंका अनुसार बन्दीपुर गांउपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।

छ जना साथी मिलेर पौडी खेल्न गएका मध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए। अन्य चारजना सकुशल रहेका छन् ।

मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको उनले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी