
दमौली : नेकपा एमालेले तनहुँको १० औं जिल्ला अधिवेशनबाट हरिराज कंडेल निर्वाचित भएका छन्। अन्तिम मत परिणाम अनुसार अध्यक्ष मा हरिराज कंडेलले २ सय ९२ मतले निर्वाचित भएका हुन्। अध्यक्ष का अर्का प्रतिस्पर्धी बिष्णु भक्त सिग्देल ले २ सय ४ मत प्राप्त गर्न सफल भएका थिए।
त्यस्तै उपाध्यक्षमा राजेश्वर ढकाल २ सय ७९ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा अर्का प्रतिस्पर्धी श्रीराम कार्कीले भने २ सय १४ मत प्राप्त गरेका थिए। त्यसैगरी सचिवमा २ सय ८० मत प्राप्त गरी प्रदिपराज अधिकारी निर्वाचित भएका छन् । भने अर्का प्रतिस्पर्धी अनिल पाण्डे ले २ सय ११ मत प्राप्त गरेका छन्।
त्यसैगरी उपसचिवमा खुल्ला तर्फ खिम बहादुर कुमाल २ सय ९६ मत प्राप्त गरी निर्वाचित भए भने अर्का प्रतिस्पर्धी आरके पोख्रेलले १ सय ८४ मत प्राप्त गरेको थिए । त्यसैगरी उपसचिव मा महिला मा सुनीता नेपाली २ सय ८३ मत प्राप्त गरी निर्वाचित भएकी छिन्।अर्की प्रतिस्पर्धी बसुन्धरा घर्ती ले १ सय ९७ मत प्राप्त गरेकी थिइन्।
जिल्ला खुल्ला तर्फ विनोद कुमार विकले ३८८ मत प्राप्त गरेका थिए भने दलित तर्फबाट सबै भन्दा बढी मत उनले पाएका थिए। जम्मा मत ५ सय ८५ रहेको मध्ये निर्वाचन मा ५ सय ६० मत खसेको थियो।