
देव गजमेर
दमौली : विभिन्न विषयमा कलम चलाई रहने युवा व्यवसायीक तथा लेखक विनोद कुमार वि.क. (विकास)को “राजनीतिक पार्टीका सदस्यहरुले ध्यान दिनु पर्ने कुराहरु २०८१” नामक पुस्तक सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले तनहुँको १० औं जिल्ला अधिवेशनको अवसरमा पार्टीका महासचिव शंकर पोख्रेलले सो पुस्तक सार्वजनिक गरेका हुन् । यस पुस्तकको प्रकाशक श्रीमती वसन्ती वि.क रहेकी छिन् ।
पुस्तक भित्र समृद्ध पार्टीको लागि समसामयिक सन्दर्भ,माक्र्सवाद, दर्शनशास्त्र, भौतिकबाद, अर्थशास्त्र , समाजशास्त्र,साम्यबाट , लेनिनबाद लगाएतको विषयमा चर्चा गरिएको छ भने राजनीतिक विषयका बारेमा यस पुस्तकबाट धेरै ज्ञान लिन सकिने छ ।
लेखक वि.क.का दलितका व्यथा २०७१ ,मानव विकासक्रम र दलित समुदाय २०७५, जातिप्रथाको मारमा दलित समुदाय २०७७, लोकतन्त्रमा नेपाली जनता २०७७ कृतिहरु प्रकाशित छन् । त्यसै गरी सुनचाँदी व्यवसायको महत्व र चुनौती पहिलो संकरण २०७७, सुनचाँदी व्यवसायको महत्व र चुनौती दोस्रो सस्करण र विभिन्न दैनिक साप्ताहिक, मासिक र अन्य पत्रपत्रिकामा गरि करिव ५ दर्जन भन्दा बढी लेख रचना प्रकाशन भई सकेका छन् भने प्रकाशोन्मुख कृति दलितका आन्दोलनका कारण र अवको कार्यदिशा रहेको छ ।