
दमौली तनहुँको दमौलीबाट ७ जनालाई जुवा खेल्दै गरेको अबस्थामा व्यास नगरपालिका वडा नं ३ बाट प्रहरीले
पक्राउ गरेको छ।
घरमा जुवा तास खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले लक्ष्मण मल्लको घरबाट शनिबार जुवाडेहरु लाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा घर धनि लक्ष्मण मल्ल, बलराम गुरुङ, डम्बर बहादुर बराली, तुलबहादुर अधिकारी, दिलबहादुर आले , बुद्धिराज मिश्र र संजय गहतराज रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जानकारी दिए । जुवाडेको खालबाट प्रहरीले ६८ हजार ७ सय ९३ र ११ सय ४४ थान तासहरु बरामद गरेको रायले बताए ।
निजहरू उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।