
सबै कर्मचारीको रिपोर्ट नेगेटिभ आएपछि सेवा शुरु
सञ्जय श्रेष्ठ
दमौली ः कार्यालय प्रमुखलाई कोरोना संक्रमण देखिएपछि सेवा बन्द भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ९ दिन पछि सञ्चालनमा आएको छ । गत असोज गत १७ गते अस्पतालका कार्यालय प्रमुख डाक्टर बालकुमार श्रेष्ठलाई कोरोना संक्रमण देखिए लगत्तै कार्यालयका सम्पूर्ण उपचार तथा सेवा बन्द भएको थियो ।
श्रेष्ठका सम्पर्कमा आएका कार्यालयका ९ जना कर्मचारीको नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट सोमबार नेगेटिभ आएकाले मंगलबारबाट सेवा दिन थालिएको कार्यालयका नायव पशु स्वास्थ्य प्राबिधिक रुद्रसिं ठकुरीले जानकारी दिए ।
केन्द्रले आर्थिक वर्ष २०७७र०७८ लागि साना व्यवसायिक फर्म स्थापना तथा विस्तारको १ महिने सूचना जारी गरेकाले मंगलबारबाट उपचार तथा सम्पूर्ण सेवाहरु प्रवाह थालिएको ठकुरीले जानकारी दिए ।