समाजसेवी नवीनले दिए तनहॅुका १० बिद्यालयलाई एक लाख पचास हजार

दमौली न्युज
  • ख-
  • ख+

बर्षेनी पत्रकारलाई पनि सम्मान गर्ने घोषणा

दमौली : युवा नेता समाजसेवी नवीनराज पौडेलले तनहॅुका उत्कृष्ट १० सामुदायीक बिद्यालयलाई एक लाख पचास हजार बराबरको पुस्तकालय र्याक दिने घोषणा गरेका छन् ।
उनले आज आफ्नो जन्मदिनको अबसर पारेर यस्तो घोषणा गरेका हुन्। रिस्ती बिकास समाजका अध्यक्ष समेत रहेका उनले संस्था मार्फत बिद्यालयलाई सहयोग गर्ने बताएका छन्।साथै उनले १,११,१११ को अक्षय कोष मार्फत बार्षिक ब्याज आम्दानीबाट एकजना श्रमजिबी पत्रकारलाई सम्मान गर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका छन् ।

आगामी बर्षबाट पत्रकार सम्मान कार्यक्रम कार्यन्वयन गर्ने उनको योजना रहेको छ। पछिल्लो समय गृह जिल्ला तनहॅुमा सकृयता बढाएका पौडेल झन्डै तिन दशक पछि गाउॅ फर्केर घर पुनःनिर्माणमा समेत लागेका छन्।
संचारकर्म संगै राजनितीमा लागेका उनी पद भन्दा पनी सेवामुखी भएर समाजसेवामा लाग्ने बताउॅछन् ।
गाउॅमै बसॅु बसॅु लाग्ने हुदॅा पनी मानिसहरू गाउॅ छाडेकोमा दुखी छन् , उनी  भन्छन् विकास बिस्तारै गाउॅ आउॅदैछ अब युवा पनी गाउॅ फर्कनैपर्छ।म यो अभियानलाई सार्थक बनाउन कृयाशिल हुनेछु।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी