म्याग्दे पुगेर राष्ट्रपतिले भने -गाउँमै बसौं बनाउने सपना पूरा हुँदैछ

दमौली न्युज
  • ख-
  • ख+

म्याग्दे : केही दिनकै अन्तरालमा गृहजिल्ला तनहुँ आइपुगेका राष्ट्रपति रामचन्द्र पौडेलले म्याग्दे गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन् । ऐतिहासिक थलो तनहुँसुरस्थित पुरातात्विक सेनवंशी दरबारको उद्घाटनलगत्तै म्याग्दे पुगेका राष्ट्रपतिले तनहुँको विकासबारे चर्चा गर्दै गाउँमै बसौं बसौं बनाउने आफ्ना पुरानो सपना पूरा हुन लागेको दावी गरे ।

राष्ट्रपतिले भने, “ हामीले कर्म गर्ने हो, निराश हुने होइन । नेपालमा विकासको अपार संभावना छ र हामी चारैतिरबाट विस्तारै विकासको बाटोमा अगाडि बढ्दैछौ।”


निर्माणाधिन सेती जलाशय परियोजना, अबको योजनामा रहेको तल्लो सेती हाइड्रो, स्तरोन्नति हुँदै गरेको पृथ्वीराजमार्गलगायतका पूर्वाधारले विस्तारै सबैतिरबाट सुविधा थपिदै गएको र गिरिजाप्रसाद स्वाश्प्रश्वास केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिनुपर्ने आवश्यकता राष्ट्रपतिले औंल्याए । यहीं कृषि, औधोगिकीकरण र रोजगारीको विकास गरे गाउँमा नै बसौ बसौ बनाउने आफ्नो लक्ष्य पुरा हुने विश्वास पनि राष्ट्रपतिले दिलााए ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको महत्वपूर्ण संरचना र आधारस्तम्भका रुपमा रहेका स्थानीय तहहरू हाम्रो जनताका आकांक्षा पुरा गर्ने सरकार अर्थात सिंहदरबार हुन् भन्दै उनले विगतमा सिंहरबारमा केन्द्रीकृत शासनप्रणालीलाई विकेन्द्रीत गरी जनताको घरदैलोमा सेवा सुविधा दिने र जनताका दैनिक कार्यसम्पादनलाई सहज, सरल र प्रभावकारी ढंगले पूरा गर्ने स्थानीय निकाय हाम्रो शासन प्रणालीको एउटा बलियो आधार भएको उल्लेख गरे ।


“हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीट्जरल्याण्डकोजस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँं राज्य संरचना तर्जुमा गरेका हौं “, उनले भने ।


“आज ती सोचहरूले कति साकार रूप लिन गैरहेका छन् र लिनसक्ने हुन् भन्ने कुरा अधिकार प्रत्यायोजनका क्रममा केन्द्रीय सरकारको उदारता एवं लचकता र स्थानीय सरकारको ग्रहणशीलता तथा क्षमतामा बढी निर्भर रहन्छ भनेर म सबैलाई सुझाउन चाहान्छु ।”,


म्याग्दे गाउँपालिका प्रकृतिको सुन्दर उपहार हो भन्दै राष्ट्रपति पौडेलले प्रकृतिको वरदान नै पाएजस्तो यहाँको भूबनोट मैदान, खोलानाला, फाँट र पाखापखेरा अनि यहाँका सरल सहृदयी र स्वभामानी वासिन्दाले यसको विशिष्ट पहिचानलाई उजागर गरेको अनुभूति हुन्छ “ भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी