
काठमाडौं: मोरङ, काभ्रे र पर्सामा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
मोरङको सुन्दरहरैचा नगरपालिका–६ जागृति टोल बस्ने ४५ वर्षीय निर्मला लिम्बु सोही ठाउँस्थित भोर्जना पैनिमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यसैगरी काभ्रेको खानिखोला गाउँपालिका–७ त्रिवेणीघाटस्थित त्रिवेणीघाट सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेकी महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै पर्सा, वीरगंज महानगरपालिका–१४ बहुअरीस्थित खुल्ला चौरमा साल नालसहितको नवजात शिशुको शव बुधबार फेला परेको छ । शिशुको लिङ्ग पहिचान हुन सकेको छैन ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।