पृथ्वी पुरस्कार भरत बस्नेतलाई

दमौली न्युज
  • ख-
  • ख+

यो वर्षको पृथ्वी पुरस्कार भरत बस्नेतले पाएका छन् । पर्यटन व्यवसायी तथा समाजसेवी बस्नेतलाई शनिवार गोरखा सदरमुकाममा एक कार्यक्रमका बीच एक लाख राशीको पुरस्कार सहित सम्मान गरिएको हो । पालुङटार नगरपालिका–३ स्थायी घर भई हाल बेलायत बस्दै आएका भरत रोका क्षेत्रीले बस्नेतलाई पुरस्कार प्रदान गरेका हुन् ।

बेलायतस्थित संयुक्त राष्ट्रवादी नेपाली संगठनका अध्यक्ष समेत रहेका क्षेत्रीले गत पुष २७ गते ३०२ औँ पृथ्वीजयन्तीको अवसरमा पुरस्कारको घोषणा गरेका थिए । ‘म त्यतिबेला बेलायत थिए, त्यही समयमा पुरस्कार घोषणा गरेको थिए,’ उनले भने, ‘नेपाल आएर आज कार्यक्रमको आयोजना गरी उहाँलाई पुरस्कार वितरण गरे ।’ संयुक्त राष्ट्रवादी नेपाली संगठनद्धारा पुरस्कार वितरण गरिएको हो ।

संगठनले कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको, पृथ्वीनारायण शाहको बारेमा लेख रचनाहरू लेख्ने र विभिन्न क्षेत्रबाट राष्ट्रलाई महत्वपूर्ण योगदान पु¥याएको व्यक्तिलाई विगत ३ वर्षदेखी पृथ्वी पुरस्कारबाट सम्मान गर्दै आएको छ । यसअघि डा. राजेश अहिमराज र सुरेन्द्र केसी पुरस्कृत भइसकेका छन् ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले पु¥याएको योगदान तथा उनका दिव्योपदेशका बारेमा अझै धेरै छलफल र बहसहरू हुनुपर्ने बताए । विद्यालयका पाठ्यपुस्तकमा नेपाल एकीकरणमा शाहको योगदानको बारेमा विस्तृत रुपमा समेटिनुपर्ने उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी