अखिल (क्रान्तिकारी) तनहुँले विधालयलाई १६ बुँदे मागपत्र बुझायो।

दमौली न्युज
  • ख-
  • ख+

दमौली: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) तनहुँले दमौलीमा रहेका विद्यालयहरुमा १६ बुँदे मागपत्र बुझाएको छ ।

शैक्षिक, वेथिती, नीजिकरण, व्यापारिकरण, माफियाकरणका विरुद्ध
विद्यार्थी युनियनका अध्यक्ष शिव सदाशंकरको संयोजकत्वमा माग पत्र बुझाएको हो ।


तनहुँकाे सत्यवती मा वि, निर्मल मा वि, जलदेवी मा वि र शिव पञ्चायन मा विमा माग पत्र बुझाएको युनियनका अध्यक्ष सदाशंकरले बताए । उनका अनुसार संविधानमा आधारभुत तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तह सम्मको शिक्षा निशुल्क भनेता पनि तनहुँका अधिकांश सरकारी बिधालयहरुले विभिन्न नाममा शुल्क लिएका छन् ।

विधालमा विद्यार्थीबाट आएको समस्या समाधानको बाटाे खाेल्न र शिक्षा निशुल्क गर्न अखिल (क्रान्तिकारी) ले माग पत्र बुझाएको जानकारी दिए ।

पछिल्लो समय निशुल्क शिक्षा लगाएतका विषयहरुको माग राख्दै विज्ञप्ती र मागपत्र विद्यालयमा दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी