व्यासका अध्येता काशीनाथको ‘अशून्यम्’ काठमाडौंमा लोकार्पण 

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौ। व्यासका अध्येता साहित्यकार काशीनाथ न्यौपानेद्वारा लिखित दार्शनिक उपन्यास ‘अशून्यम्’को संघीय राजधानी काठमाडौंमा लोकार्पण गरिएको छ।नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको लोकार्पणमा बोल्दै अशून्यम् उपन्यासका लेखक न्यौपानेले आफूले पहाड, नदीनाला हेर्दा ,ब्रह्माण्डको उत्पत्ति, जन्म,उमेरावस्था,मृत्युका बारेमा पुस्तकमा चर्चा गरेको बताए ।उनले यो जगत ब्रह्माण्ड अशून्यम्बाट सुरु भएको निष्कर्ष सहित पुस्तक लेखेको बताए ।

सम्पूर्ण ब्रह्माण्डको शुरु हो भन्दै न्यौपानेले कल्पना युक्त शून्यको अवस्था अशून्यम् भएको र अशून्यम् नै चेतनाको जड कल्पना रहेको कल्पनाको श्रोत एक हो भन्दै त्यही ईश्वर हो भन्ने कुरा पुस्तकमा समेटिएको बताए।पुस्त्कबारे टिप्पणी गर्दै वरिष्ठ साहित्यकार तथा कूटनीतिज्ञ प्राडा जयराज आचार्यले तनहुँको दमौलीमा चारवेद र अठार पुरारणका रचयिता वेद व्यासको अठाइसौं अवतार श्रीकृष्ण द्वैपायन व्यासको जन्म भएको भन्दै व्यासलाई चिनाउने व्यासका अध्येता काशीनाथ न्यौपानेलाई पनि तनहुँले सम्झनु पर्ने बताए।

व्यासलाई चिनाउन अनवरतरुपमा लागेका न्यौपानेको पनि मूर्ति बनाउन आवश्यक रहेको भन्दै आचार्यले यसका लागि सबैको साथ सहयोगको आवश्यकता रहेको उल्लेख गरे ।आचार्यले अशून्ययम् पुस्तकले चिन्तन गर्ने प्रेरणा दिने , शून्यमा समाहित हुने आधुनिक वैज्ञानिकको सृष्टि प्रतीको धारणा समेटिएको पुस्तक रहेको बताए।अर्का टिप्पणीकार डा. पद्मप्रसाद देवकोटाले अशून्यम् ले आफूलाई आकर्षित गरेको काल्पनिक सत्यतिर लम्किएको अनुभव रहेको बताए।

उनले अशून्यम्दर्शन शास्त्रमा हलचल ल्याउने दर्शनको फ्युजन वैज्ञानिक, वेद र पूर्वयि दर्शनको जवाफ खोजेको पुस्तक रहेको बताए।अशून्यम् बारे टिप्पणी गर्दै प्राध्यापक डाक्टर सर्वराज आचार्यले लेखकमा गहिरो चिन्तन कसरी आयो भन्ने कुरा महत्वपूर्ण रहेको बताए। आचार्यले न्यौपानेले दमौलीमा बसेर पुस्तक मार्फत वेदव्यास मार्फत तनहुँलाई विश्वमाझ चिनाउने काम गरेको भन्दै आध्यात्मिक दर्शन भित्रको चिन्तनमा डुबेर न्यौपानेले अशून्यम् प्रस्तुत गरेको उनको टिप्पणी थियो ।

यस्तैगरी साहित्यकार डा. प्रभा कैनीले पुस्तकको दर्शनभित्र हराएर पटक पटक पढेर मात्र बुझ्न सकिने, वेदको बारेमा लेखिएको, विश्व ब्रह्माण्डका बारेमा काशि वनारसदेखि भेट भएका योगी साधकले छलफल गरिएका कुराहरू कल्पनादेखि कल्पनासम्मका कुराहरू समेटिएर तयार गरिएको पुस्तकहेर्दा लेखकमा दार्शनिकको स्वरूप पाएको बताइन् ।बुक हिलद्वारा प्रकाशित अशुन्यम्का बारेमा बोल्दै बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले व्यासको तपोभूमिका अध्यताको पुस्तकभित्र दर्शन चिन्तन, वैज्ञानिक कुराहरू समेटिएको बताए ।

पुस्तकको प्रकाशक बुक हिलका अध्यक्ष साहित्यकार भुपेन्द्र खड्काले गहिरो दार्शनिक पुस्तक बजारमा आएकाले धेरैले लाभ लिने विश्वास गरे ।कार्यक्रममा युवा अभियन्ता अपार पौडेल, पत्रकार पवन पौडेलले पुस्तकको राजधानीमा तनहुँ र देशका बौद्धिकमाझ लोकार्पण गर्न पाउँदा खुशी लागेको बताए ।दर्शन र व्यासका विविध प्रसङ्ग समेटिएको पुस्तकको मूल्य रु ३ सय राखिएको छ । व्यासका अध्येता न्यौपानेको व्यासबारे लेखिएको पुस्तक व्यास नगरपालिकाको पाठ्यक्रममा समावेश गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी