
दमौली : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) तनहुँ समितिले आज(विहिबार) एक विज्ञाप्ती निकालि निजि शैक्षिक संस्थाहरुले संचालन गरि रहेको वार्षिक परिक्षाको शुल्क नतिरेको बहानामा विद्यार्थीहरुलाई परिक्षा दिने अधिकारबाट बन्चित नर्गन अनुरोध गरेको छ ।
शैक्षिक क्षेत्रको आमुल रुपानतरणको निम्ति संघर्षरत भएको जनाउदै विद्यार्थीको भविष्यमाथी खेलवाड गर्ने कार्य तुरुन्त बन्द गरी शुल्क तिर्न नसक्ने विद्यार्थीलाई तत्काल परिक्षा दिने बातावरण मिलाउन पनि विज्ञाप्ती मार्फत अपिल गरिएको हो ।
महंगो शिक्षा प्रणालीले विद्यार्थीहरुले ज्ञान लिन पाउने अधिकारबाट बन्चित हुन परेको कारणले पनि अव संगठन कडा संघर्षका कार्यक्रम सहित अगाडी बढ्न बाध्ये हुने विज्ञाप्तीमा भनिएको छ ।
