रत्न तथा आभूषण महासंघको अध्यक्षमा किसान सुनार

दमौली न्युज
  • ख-
  • ख+

काठमाण्डौं : नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा किसान सुनार सर्वसम्मतले निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न दशौ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएको हो ।

संघको प्रथम उपाध्याक्षमा द्वारिका बिश्वकर्मा सर्वसम्मतले भएका छन्। त्यस्तै द्धितीय उपाध्यक्षमा सुधिर अग्रवाल र तृतीय उपाध्यक्षमा प्रेम बहादुर बि क सर्वसम्मत भएका छन् । महासचिवमा बिमल धमला, सचिवमा केसर बहादुर बि क र पृथ्वी बि क , कोषाध्यक्षमा गणेश बहादुर वि क र सहकोषाध्यक्षमा दिपक धनुके निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा बुद्धि बहादुर बिक, भूपेन बि क, उमेश गहतराज, कुमार बिश्वकर्मा, जगत बिश्वकर्मा, राजेन्द्र बिश्वकर्मा, केशब बहादुर सुनार, सोम बहादुर बिक, कमल प्रसाद लामिछाने, त्रिलोचन बिश्वकर्मा, किसोर सेन्चुरी, मान बहादुर सुनार, शुर्य कुमार वराल,सुरथ बहादुर सुनार, हेम सागर गहतराज, उमेश प्रसाद साह,निरन्जन कुमार साह,प्रेम बहादुर स्वर्णकार, बिध्यासागर र महिला सदस्य तिन जना निर्बाचित भएका थिए ।

प्रमखु अतिथि नेपाल सरकारका कानुन मन्त्री पदम गिरीले कार्यक्रमको उद्घघाटन गर्दै “यस पेसामा १५ हजार ब्यवसायी र ६०हजार कालिगढ आबद्ध रहेका छन् ” उनले भने यस ब्यवसायमा ४५अर्ब भन्दा बढी लगानी रहेको र यी ब्यवसायीहरूले बर्षेनी ५ अरब भन्दा बढी राजस्व बुझाएको बताए ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रम महासचिव किसान सुनारले संचालन गरेका थिए भने अधिवेशनमा भाग लिन देशै भरी बाट करिब ४ सय प्रतिनिधीहरु को सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी