२५ औ जिल्ला प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रम हुने

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाल शिक्षक संघ तनहुँको २५ औ जिल्ला प्रतिधिनि सभा र शिक्षक सम्मान कार्यक्रम आगामी फागुन २६ गते हुने भएको छ ।

नेपाल शिक्षक संघ जिल्ला कार्यासमिति तनहुँको आयोजनामा हुन गई रहेको २५ औं जिल्ला सभाको अवसरमा विभिन्न समयमा शिक्षक संघको कार्य समितिमा रहेर योगदान पुर्याउने शिक्षकलाई सम्मान गरिने कार्यक्रम रहेको हो । सो सस्थामा विशिष्ट,कर्मठ र साधारण सदस्य सहित करिव ३ हजार ४ सय सदस्य रहनुका साथै तनहुँ जिल्लाका दश ओटै स्थानिय तहमा स्थानिय प्रतिनिधि सभा फागुन १५ गते भित्र सम्पन्न गरि सकेको पनि शिक्षक संघ तनहुँले जनाएको छ ।

नेपाल शिक्षक संघको विधानमा व्यवस्था भए बमोजिम प्रत्येक वर्ष उक्त कार्यक्रम अनिवार्य रुपमा गर्नु पर्ने व्यवस्था रहेको छ । नेपाल शिक्षक संघ तनहुँले उक्त कार्यक्रम हाल सम्म नेपाल शिक्षक संघमा रहेर योगदान पुर्याउने शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको शिक्षक संघका प्रवक्ता बुद्धि बहादुर बराली बताए । प्रवक्ता बरालीका अनुसार कार्यक्रमलाई सफल बनाउन विभिन्न समिति उपसमिति बनाईएको जनाएका छन् ।

जसमा अतिथि सम्मान उपसिमितिमा लक्ष्मी मल्ल, ऋषिमाया राना र तिलिसरा थापा रहेका छन् । त्यसै गरी सुचना संञ्चार उपसमितिमा नरेन्द्र न्यौपाने र बुद्धि बहादुर बराली छन् भने मञ्च व्यावस्थापनमा नन्दु थापा र उपेन्द्र न्यौपाने रहेका छन् त्यस्तै खाजा व्यावस्थापनमा अशोक चन्द्र वाग्ले र शारदा अधिकारी रहनुका साथै व्यानर एवम् व्याज उपसिमितिमा विजय खनाल र तुल बहादुर गुरुङ रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी