
दमौलीः रास्वपा तनहुँको संयोजकमा नेता विश्वनाथ बास्तोला नियुक्ति भएका छन् । जिल्ला संयोजक विकास सिग्देल केन्द्रीय विभागमा पदोन्नति भएपछि रिक्त पदमा बास्तोला नियुक्ति भएका हुन् ।
कांग्रेस तनहुँका तत्कालीन सचिव रहि सकेका बास्तोला प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपा प्रवेश गरेर पार्टीका पक्षमा खुलेर लागेका थिए । बास्तोला पार्टी प्रवेश गरे लगतै पार्टिको प्रमुख पदमा नरहे पनि प्रतिनिधि सभामा पार्टीका गतिविधिमा उनको महत्वपूर्ण भूमिका रहेको थियो ।
जिल्लामा प्रमुख भूमिकामा रहने अड्कलबाजी रहे संगै आज त्यो अड्कलबाजी पुरा भएको छ ।