
देव गजमेर आँबुखैरेनी : भोलि देखि सुरु हुन लागेको महोत्सवको पुरा तयारी भएको छ । तनहुँ उधोग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाईको आयोजनामा हुन गईरहेको महोत्सवको उद्घाटन पुर्व मन्त्री एव बारा –४ का सांसद कृष्ण कुमार श्रेष्ठले गर्ने भएका छन् ।
फागुन १० गते देखि सुरु हुने आँबुखैरेनी महोत्सवले कोभिडले सुताएको व्यवसायीलाई केहि मात्रमा भए पनि उर्जा मिल्नुका साथै आँबुखैरेनी गाँउपालिका भित्र रहेका ऐतिहासिक, सांस्कृतिक धार्मिक स्थलको प्रचार प्रसार गर्ने उद्धेश्य सहित महोत्सव आयोजना गरिएको आँबुखैरेनी बजार ईकाईका सभापती भगवान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आँबुखैरेनी महोत्सवमा जम्मा स्टल १५० वटा रहेको र यो महोत्सव फागुन १० गते देखि ३० गते सम्म चल्ने छ । महोत्सव उत्कृष्ट रुपमा सम्पन्न गरिनुका साथै यो महोत्सवले राम्रो आम्दानी गर्ने पनि श्रेष्ठले बताए ।