आँबुखैरेनीमा जिप पल्टँदा युवकको मृत्यु, ७ घाइते

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनीः आँबुखैरेनी गाउँपालिका वडा नं. २ नारीघाटस्थित पृथ्वी राजमार्गमा बोलेरो जिप पल्टँदा एक युवकको ज्यान गएको छ ।
ज्यान जानेमा चितवन ईच्छाकामना गाउँपालिका वडा नं. ६ निवासी २२ वर्षका सागर गुरुङ छन् । शनिबार राती भएको दुर्घटनामा घाइते उनको उपचारका क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा घाइते अधिकांश चितवन इच्छाकामना ५ का एकै परिवारका सदस्य छन् । ६ जनाको उपचार भैरहेको छ र एक जना भने उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ ।


अधिक गतिका कारण अनियन्त्रित भएर जिप पल्टेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए ।

File Photo

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी