रास्वपा तनहुँ संयोजकमा बास्तोला सिफारिसको अर्थ के ?

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः रास्वपा तनहुँको संयोजकमा नेता विश्वनाथ बास्तोला सिफारिस भएका छन् । जिल्ला संयोजक विकास सिग्देल केन्द्रीय विभागमा पदोन्नति भएपछि रिक्त पदमा सर्वसम्मत रुपमा चयन गरिएको पार्टी व्यास नगस सभापति चुडामणि दाहालले जानकारी दिए ।


सह संयोजक सूर्यमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेस तनहुँका तत्कालीन सचिव रहिसकेका बास्तोला प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपा प्रवेश गरेर पार्टीका पक्षमा खुलेर लागेका थिए ।
जिल्लामा प्रमुख भूमिकामा रहने अड्कलबाजी लामो समयपछि पूरा भएको छ ।

बास्तोलालाई जिम्मेवारी दिनकै लागि जिल्ला संयोजक सिग्देललाई विभागीय जिम्मेवारी दिइएको चर्चा रास्वपामा चलेको छ ।
कांग्रेसको संगठन परिचालनमा सक्रिय रहेका बास्तोलाले सोही संयन्त्र यसपालीको प्रतिनिधि सभा निर्वाचनमा प्रयोग गरेको बताइन्छ ।


बास्तोला पार्टीको पदमा नरहे पनि प्रतिनिधि सभायता पार्टीका गतिविधिमा उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।
पार्टी बैठकले रिक्त तनहुँ क्षेत्र १ को क्षेत्रीय सदस्य पदमा पदमराज न्यौपाने लाई मनोनयन गरेर सभापतिको जिम्मेवारी दिएको छ ।
उपसभापतिमा सीता विक तथा सचिवमा अनिल श्रेष्ठ चयन भएका छन् । सदस्यमा विष्णुबहादुर पन्त तथा शशी रुपाखेती चयन भएको व्यास सभापति दाहालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी