कांग्रेस महासमिति बैठकः तनहुँबाट ३ जना सदस्य किन पूर्ति हुन सकेन ? को को हुँदैछन् सहभागी ?

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको गोदावरीमा हुने महासमिति बैठकमा तनहुँबाट तीन सिट घटेको छ ।


पार्टी त्यागेका तथा दिवंगत तीन महासमिति सदस्यको ठाउँ पूर्ति गर्नका लागि बसेको कार्यसम्पादन समितिको बैठकमा नामहरुका विषयमा सहमति नजुटेपछि रिक्त ठाउँमा कोही पनि प्रतिनिधि नथपिने भएको हो ।


क्षेत्र नम्बर १ बाट पार्टी त्यागेका पूर्ण गुरुंग अनि क्षेत्र २ बाट संविधान सभासद स्वर्गीय झुलबहादुर आले तथा कांग्रेस त्याग गरेका महेश्वर भट्टराईको ठाउँमा नयाँ सदस्य मनोनित गर्ने तयारी कांग्रेसको थियो ।


तर, १ मा रिक्त जनजातितर्फको पदमा प्रदेश सभासद अशोककुमार श्रेष्ठ, उप सभापति देवकुमार श्रेष्ठ, नेताहरु रेशम गुरुंग, टेकबहादुर गुरुंग, खरसिं दरै तथा आशा थापा आकांक्षी देखिए । उनीहरुका नाममा सहमति नभए पछि मतदान भने गरिएन ।


यसैगरी, क्षेत्र २ मा स्वर्गीय संविधान सभासद आलेको निधन भए पछि रिक्त जनजातितर्फको सदस्यमा चामबहादुर थापा, मिल आले, भक्त श्रेष्ठ तथा भीमबहादुर आले आकांक्षी देखिए ।


यसैगरी, भट्टराईले पार्टी त्याग गरेपछि रिक्त ठाउँमा चुडामणि खनाल र डिल्लीराम अधिकारी आकांक्षी देखिएका थिए ।
बैठकमा सहमतिको सम्भावना नदेखिए पछि थप कसैको नाम सिफारिस हुन सकेन । अब तनहुँबाट महासमिति बैठकमा १९ जनाले प्रतिनिधित्व गर्नेछन् ।

क्षेत्रबाट सर्वसम्मत नाम नआएपछि पार्टी सभापति जीतप्रकाश आले सभापतित्वको बैठकले विगतमा १४ औं महाधिवेशनमा चयन भएका महासमिति सदस्यको नाम मात्र केन्द्रमा पठाएको पार्टी सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।


दुई वर्ष अघि सम्पन्न क्षेत्रीय अधिवेशनलगत्तै महासमिति सदस्यहरुको चयन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी