एचआईभी एड्स,लागू औसध दुर्ब्यसन तथा क्षेती न्यूनीकरण अभिमुखिकरण भानुमा सम्पन्न : – दमौली न्युज

दमौली न्युज
  • ख-
  • ख+

दमौली : कम्युनीटि सपोर्ट ग्रुप तनहुँ द्वारा आयोजित प्रहरी, कर्मचारी तथा प्रमुख सामुदायिक सरोकारवाला निकायहरू लाई लागू औसध दुर्ब्यसन, क्षेती न्यूनीकरण तथा एचआईभीएड्सका सन्दर्भमा अभिमुखिकरण भानु नगरपालिकाका नगर प्रमुख आनन्द राज त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। भानु नगरपालिकामा देखीएको दुर्ब्यसन सम्बन्धि सचेतना, लागु औसधको दुरुपयोग, एचआईभी एड्सको अवस्था बारे त्रिपाठिले आफ्नो धारणा राख्नुभएको थियो।

उप्त कार्यक्रमा कम्युनिटि सपोर्ट ग्रुप तनहुँका संयोजक जितेन्द्र खत्रीले तनहुँमा सुइ द्वारा लागुऔसध प्रयोगकर्ताहरुको स्थिती, जोखिम, क्षेतिन्युनिकरण, पुनर्स्थापना, समुदाय स्तरमा एचआईभी एड्सको परिक्षण जस्ता प्रक्रियामा सर्पोट ग्रुपको बिगत ५ बर्ष देखि सक्रिय भुमिका रहिआएको बताउनुभयो।

पिस हेवन रिहाबलीटेसन आबुखैरेनी बरादिका निर्देशक रबिन्द्र श्रेष्ठले आबुखैरनि,भानु, डुम्रे, बन्दिपुर लगायतका आसपासका क्षेत्रमा अत्याधिक मात्रामा दुर्ब्यसनजन्य गतिविधिको परिस्थिति व्यापक रुपमा फैलिएको र लागू औसध प्रयोगमा टिनएजरको संख्या बढेको, दुर्ब्यसनिमा देखीएको हेपाटाइटिसज,एचआईभी,याब्सिस जस्ता रोगको संक्रमण फैलिन थालेपछी जोखिम लाई न्यूनीकरण गर्न आबासिय रुपमा उपचार, पुनः जिबन तथा पुनस्थापना निशुल्क परामर्शको साहायता बाट हाल ११ जनालाइ गोर्खा,लमजुङ,तनहुँको आसपासको क्षेत्रका दुर्ब्यसनिहरुलाइ पुनस्थापना केन्द्रले आवासिय रुपमा उपचाररत रहेको बताउनुभयो। निम्न बर्गिय समुदायमा उच्च जोखिम, अपराधलाई कम गर्न स्थानिय तहले सरोकारवाला निकायसग सहकार्य गरेर निकट भबिस्यमा दुर्ब्यसन रहित समाज बनाउने लक्ष्यमा सबैको सहकार्य हुनुपर्ने बताउनुभयो।

भानु नपा उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत सुनिल पान्डे, इलाका प्रहरी कार्यालयका इन्चार्ज झमक बहादुर बस्नेत लगायत प्रहरी, बुद्धिजीवी, कर्मचारी बर्ग लगायत भानु नगरपालिकाका सरोकारवाला ब्याक्तित्वहरुलाइ भानु नगरपालिकाको सभाहलमा अभिमुखिकरण प्रदान गरिएको थियो। कार्यक्रम सहजीकरण कम्युनिटि सपोर्ट ग्रुपका ईश्वर बास्तोलाले गर्नुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी