आदिकवि-छाब्दी मिनि म्यारथनमा साजन थापा प्रथम

दमौली न्युज
  • ख-
  • ख+

दमौली: आदिकवि भानुभक्त बहुमुखी क्याम्पसद्वारा आयोजित आदिकवि क्याम्पस-छाब्दी बाराही मिनि म्याराथनमा साजन थापा प्रथम भएका छन् ।

आदिकवि भानुभक्त क्याम्पसको खेल सप्ताहको अवसरमा आयोजित उक्त प्रतियोगितामा अमृत विक द्वितीय र नरबहादुर गुरुङ तृतीय भएका थिए । उक्त प्रतियोगितामा छाब्दी वाराही विकास कोष एवं सहआयोजक वाराही रजवाम युवा क्लव रहेका थिए ।

उक्त म्याराथन प्रतियोगितामा महिला र पुरुष गरि २ सय जनाको रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए । प्रतियोगितामा बिजयीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।


सो प्रतियोगिताको गन्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले उद्घाटन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी