स्याङ्जा–तनहुँ सम्पर्क सदनको अध्यक्षमा विनोदकुमार बि.क

दमौली न्युज
  • ख-
  • ख+

दमौली : स्याङ्जा–तनहुँ सम्पर्क सदनको १२ औ बार्षिक साधारण सभा तथा छैटौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बिनोद कुमार बिक अध्यक्षमा सर्वसम्वत चयन भएका छन् । उपाध्यक्ष भिमप्रसाद ढकाल, मन्जु वाग्ले चयन भएका छन् ।

त्यसै गरी सचिवमा कृष्ण गिरी,कोषाध्यक्ष इन्द्रप्रसाद वाग्ले चयन भएका छन् । सदस्यहरुमा पूर्णप्रसाद अधिकारी,भेषराज तिवारी,बिष्णु गिरी,लक्ष्मी पौडेल,महेन्द्रराज शर्मा र कृष्ण न्यौपाने चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी सुन्दर बजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, विशिष्ट अतिथी गोरखाली समाज तनहुँका सल्लाहकार झनक नारायण श्रेष्ठ,स्याङ्जा–तनहुँ सम्पर्क सदनका पूर्व अध्यक्ष हेमकान्त लम्साल लगायतका वक्ताहरुले नयाँ पदाधिकारीहरुको कार्यकालको सफलताको कामना गर्दै हार्दिक बधाई दिएका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरुले स्याङ्जा–तनहुँ सम्पर्क सदनले स्याङ्जा घरभई तनहुँमा बसोबास गर्दै आएका स्याङ्जालीहरुलाई समेटेर भाइचाराको संम्बन्ध प्रगाढ बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएकोमा जोड दिएका थिए । सदनका अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी