रास्वपा व्यास नगर सभापतिमा चुडामणि निर्वाचित (को कुन पदमा चुनिए?)

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समिति सभापतिमा चुडामणि दाहाल निर्वाचित भएका छन् । शनिबार भएको पहिलो अधिवेशनमा प्रतिष्पर्धी करुण काफ्लेलाई पराजित गर्दै दाहाल सभापति निर्वाचित भएका हुन् ।

नेतृत्वले सर्वसम्मतिका लागि पहिल्यैदेखि प्रयास गरे पनि दाहाल र काफ्ले दुवै पछि नहट्ने अवस्थामा थिए । मतपरिणाम अनुसार सभापतिमा निर्वाचित दाहालले ६६ र काफ्लेले १९ मत पाए ।


सभापति बाहेकका अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएका छन् । जसअनुसार उपसभापतिमा शुसिल पौडेल, सचिवमा नगेन्द्र ढुंगाना र कोषाध्यक्षमा अन्जु दाहाल सर्वसम्मत भएका छन् ।

कार्यक्रमको पार्टी उपसभापति स्वर्णिम वाग्लेले उद्घाटन गरेका थिए । कार्यक्रममा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी पनि सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी