पैसा नभएर रोग पहिचान गर्नै नसकेका परिवारलाई ऋषिङको सहयोग

  • ख-
  • ख+


ऋषिङ: बिरामी भएको लामो समय भए पनि पैसा नभएर परीक्षण गराउनै नसकेका एक बिरामीलाई ऋषिङका जनप्रतिनिधि तथा कर्मचारीले आर्थिक सहयोग गरेका छन् ।

लामो समयदेखि बिरामी ऋषिङ्ग ७ घिरिङथोकका लालबहादुर सुनार(जुम्सा दाइ)की छोरी सोममाया विकको स्वास्थ्य परीक्षणका लागि भन्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले आठ हजार रुपैयाँ सहयोग गरेका छन् । यस अघि उनको उपचारमा गाउँपालिकाले सात हजार रुपैयाँ सघाएको थियो ।


विकलाई क्यान्सर भएको हुनसक्ने भन्दै चिकित्सकले भरतपुरमा थप परीक्षणका लागि सुझाव दिएका थिए । त्यहाँसम्म पुग्न र परीक्षणका लागि पैसा नभएको भन्दै गाउँपालिका गुहार्न पुगेका उनलाई व्यक्तिगत रुपमा संकलित रकम गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले हस्तान्तरण गरे ।


आर्थिक अवस्था निकै कमजोर भएकाले उनको उपचारका लागि सघाइदिन परिवार तथा छिमेकीले अपिल गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी