७औं व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाल आर्मीका जुनेस खड्कालाई

दमौली न्युज
  • ख-
  • ख+

दमौली: खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित व्यास नगरपालिकाले सहिद दिवसको अवसर पारि आयोजना गरेको ७ औं अल्ट्रा म्याराथनको उपाधि नेपाल आर्मीका जुनेस खड्काले हात पार्न सफल भएका छन् । उनले ३ घण्टा १८ सेकेन्डमा मानुङकोट देखि पुलिमराङ सम्म ४४ किलो मिटरको दुरी पार गर्दै प्रथम भएका हुन् ।

उक्त प्रतियोगितामा बैतडीका मोहनदेव जोशी द्धितीय भएका छन् उनले ३ घण्टा २ मिनेट ३३ सेकेन्डमा पार गरेका थिए । त्यस्तै गरी काठमाण्डौका करण रावल तृतिय भएका छन् उनले ३ घण्टा १०मिनेट ३३ सेकेन्डमा उक्त दुरी पार गरेका थिए । म्याराथनमा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ८५ हजार,८० हजार र ५५ हजार नगद प्रदान गरिने व्यास नगरपालिका प्रवक्ता एवं वडा अध्यक्ष जीवन गुरुङले जानकारी दिए ।

म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैँचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो । प्रतियोगितामा २ जना विदेशी नागरिक सहित १ सय १२ जना धावकको सहभागिता रहेको थियो । फोटो सौजन्य: वि एड वि मिडिया

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी