जनता सामु गरेको प्रतिवद्धता पूरा गर्दै, १३ घर धुरी सुकुम्बासीलाई लालपूर्जा वितरण

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी : आँबुखैरेनी गाउँपालिकाले सुकुम्वासीहरुलाई लालपुर्जा वितरण गरेको छ ।अध्यक्ष शुक्र चुमानले जनता माझ आफुले चुनाव जितेमा सुकुम्बासीलाई लालपूर्जा बाड्ने आस्वासन दिएका थिए । उनै अध्यक्ष चुमानले यति बेला जनता सामु गरेको वाचा पूरा गर्दै सुकुम्बासीलाई लालपूर्जा बाड्न सुरु गरेका हुन् ।

एक कार्यक्रमको आयोजना गरि जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिकाले वडा नं. २ का १३ घर सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गरेको छ । गाउँपालिकाले राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भूमिहिनलाई जग्गाको मालिक बनाउने अभियान सुरु भएको बताए । उनले भने, ‘हामीले चुनावका बेला नै लालपूर्जा वितरण गर्छाै भनेर जनतामाझ भनेका थियौ । त्यो प्रतिबद्धता सुरु भएको छ । हामी आश्वासन दिँदैनौ, काम गरेर देखाउँछौ ।

चुमानले क्रमिक रुपमा अरु वडाहरुको प्रक्रिया पूरा भएपछि पूर्जा वितरण गरिने बताए । उनले भने, ‘वर्षाै भोगचलन गरेको जमिनको लालपुर्जा हात हातमा पुग्नु समृद्धिको आधार हो।

कार्यक्रममा तनहुँ क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ का सांसद एवं पूर्व प्रदेशमन्त्री हरि बहादुर चुमानले सुकुम्बासीहरुलाई लालपुर्जा हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै सांसद चुमानले पालिकाका अन्य वडाका भूमिहिनले पनि निकट भविष्यमा लालपूर्जा पाउने बताए ।

आयोगको गत पुस २३ को निर्णय अनुसार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले जिल्लाका अन्य पालिकामा पनि क्रमशः लालपूर्जा वितरणलाई अगाडी बढाइने बताए ।


सोही अवसरमा भूमिहिन सुकुम्वासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोवासी सेवा केन्द्रमा रही अहोरात्र खटी उल्लेखनीय भूमिका निर्वाह गरेका सूचना प्रविधि अधिकृत÷सेवा केन्द्र प्रमुख इन्जिनियर निरोज श्रेष्ठ, अमिन सरोज चन्द्र अधिकारी र अमिन सन्जित श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी