दुर्घटनामा परि एकको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाँउपालिका वडा नं. २ ढापटारमा आईतवार राति सवारी दुर्घटना हुदा एक युवाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग सडक खण्ड अन्तर्गत आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ क ५०१२ नं.को मिनि ट्रक र सोही दिशा तर्फ आउँदै गरेको प्र.३–०२–००९ प ८५३० नं.को मोटरसाईकल ठक्कर खादा मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने बर्ष २६ वर्षिय सफल राना मगर रहेको प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँडले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परि घाईते मगरलाई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाईएकोमा राति १० बजे चिकित्सकले मृत घोषणा गरेको थिए ।

उक्त मिनी ट्रक र चालक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा रहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरी नायव उपरिक्षक खाँडले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी