दमौलीः तनहुँ उद्योग वाणिज्य संघले महासचिवमा सुबोध अधिकारीलाई निरन्तरता दिएको छ । यसअघिका महासचिव उनलाई नै निरन्तरता दिने निर्णय शनिबारको बैठकले गरेको अध्यक्ष बैकुण्ठनाथ मिश्रले जानकारी दिए ।
१७ ओैं अधिवेशन बाट नवनिर्वाचित कार्यसमितिको बैठकले सचिवमा शिवओम मल्ल, सहकोषाध्यक्षमा प्रकाशचन्द्र हड्खले तथा महिला सदस्यमा शकुन्तला आलेलाई मनोनित गरेको छ ।
संघअन्र्तगतका बजार एकाईहरुलाई समेत सन्तुलनमा राख्ने गरी मनोनयन गरिएको संघनिकट स्रोतले बताएको छ ।
अधिवेशनका क्रममा विभिन्न पदमा दावेदारी दिए पनि सहमतिमा आएका दमौलीका व्यवसायीहरुले जिम्मेवारी नपाए पनि दमौली बाहेकका एकाईलाईसमेत जिम्मेवारी दिनुपर्ने बाध्यता संघलाई थियो ।
तर, आफ्नो टिमका सदस्यको कमीकाबीच सर्वसम्मत अध्यक्ष मिश्रलाई कार्यकाल अघि बढाउनुपर्ने चुनौती छ ।