नमस्ते देउराली कपको पहिलो चरणको खेल आईतवार सम्पन्न

दमौली न्युज
  • ख-
  • ख+

दमौली : ब्यास ३ देउराली नगरमा शुक्रबार देखि सुरु भएको प्रथम नमस्ते देउराली कप को खुल्ला साबिक वडा तथा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिताको आइतबार प्रथम चरणका खेल सम्पन्न भएका छन् । आइतबार सम्पन्न सात खेलमा धनबास युवा क्लब, सिद्ध बाबा युवा क्लब, घिरिङ किरिया, रिसिङ युवा कल्याण, हिमचुली देभघाट,ठकुरी दर्शन युवा क्लब म्याग्दे बिजयी भएका छन् ।

सोमबार देखि दोस्रो चरणको खेल सुरु हुने खेल संयोजक आनन्द आलेले जानकारी दिएका छन् । कुल ३५ टिम सहभागी प्रतियोगिताको हाल सम्म १८ खेल सम्पन्न भएका छन् । प्रतियोगिताका बिजेता र उप बिजेताले क्रमश ४० हजार÷२० हजार र १० हजार मेडल सहितको पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल गतिविधि मार्फत पनि ब्यास भुमिको प्रबर्द्धन गर्न प्रतिमा निर्माण स्थलमा प्रतियोगिताको आयोजना गरिएको क्लबका बरिस्ठ सल्लाहकार रबिन पौडेलले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी