प्रथम प्रदेश अधिवेशन सम्पन्न, महासचिवमा सालिकराम गहतराज

दमौली न्युज
  • ख-
  • ख+

पोखरा : नेपाल सुनचाँदी तथा रत्न आभूषण ब्यवसायी महासंघको प्रथम प्रदेश सभाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राम बहादजुर वि.क.को अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो । महासंघको उपाध्यक्षमा पदम बहादुर विश्वकर्मा महासचिवमा शालिकराम गहतराज, सचिवमा ईश्वर बहादुर वि.क. र कोषाध्यक्षमा बल बहादुर वि.क. रहेका छन् । पदाधिकारी संगै कार्यसमितिले १४ जना सदस्यहरु रहने गरी नयाँ कार्यसमिति गठन गरिएको नव महासचिव शालिकराम गहतराजले बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल सुनचाँदी तथा रत्न आभूषण ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सुरेस मान श्रेष्ठले सुनचाँदी व्यवसायीहरू यो संकटको घडीमा मिलेर सामना गर्नु पर्ने बताउदै उनले भने संघिय सम्रचना अनुसार पहिलो प्रदेश अधिबेशन हुदैछ र यो समितिले महासंघ र जिल्ला संग समन्वयकारी भूमिका निर्वाह गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
यस्तै गरी केन्द्रीय महासंघका महांसचिव किसान सुनार, सचिव निर बहादुर बिक, केन्द्रीय सदस्य तथा सोम बहादुर बिक अतिथि मा नेपाल सुनचाँदी तथा रत्न आभूषण ब्यवसायी संघ नवलपुर अध्यक्ष सुरज बिक, कास्कीका निबर्तमान अध्यक्ष राम बहादुर बि क लगाएतको उपस्थिति रहेको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण प्रदेस संयोजक उमेस गहतराजको सभापतित्वमा भएको सो कार्यक्रम इश्वर बहादुर बिकले संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी