३ जना पत्रकारलाई बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार

दमौली न्युज
  • ख-
  • ख+

दमौली : बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले स्थापना गरेको बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारबाट यस वर्ष तीन जना पत्रकारले पुरस्कृत हुने भएका छन् । उद्यमशिलताको विकासको लागि कलम चलाएर योगदान पुर्याए बापत तीन जना पत्रकारलाई यस विधाको पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार मुल्यांकन तथा सिफारिस समितिका प्रमुख तारानाथ उपाध्यायले जानकारी दिए ।

केवलकार सहित बन्दीपुर क्षेत्रको उद्यम र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग गरे वापत तनहुँबाट दमौली एक्सप्रेस साप्ताहिक तथा ईबाराही डट कमकी सहसम्पादक सुनिता आचार्य काठमाडौंका सेतोपाटी कर्मी पत्रकार सविना कार्की र पर्वतका नेपाल समाचारपत्र कर्मी पत्रकार दुर्गा शर्मालाई बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने उपाध्यायले बताए ।

उनीहरुलाई बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको यही पुस २८ गते हुने वार्षिक साधारण सभाको अवसरमा जनही रु ५० ÷५० हजार रुपैयाँ राशिको पुरस्कारले सम्मानित गरिने बताइएको छ । तनहुँको बन्दिपुरमा निर्माणधीन बृहत् पर्यटन पुर्वधारयुक्त परियोजनाले समाजमा उधमशिलता जागरणको लागि यस प्रकारको पुरस्कार मार्फत सोही विधामा कलम चलाउन पत्रकारहरुलाई नियमित प्रोत्साहन गरी रहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

३ अर्व ५८ करोड लगानी रहेको यस परियोजना आगामी नयाँ वर्ष देखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यस परियोजनाले पत्रकारहरुको लागि बिशेष सहुलियत कार्ड समेत दिने घोषणा गरिसकेको छ । साथै परियोजना नेपालको उद्यम अभियानमा कोशेढुंगा साबित हुने कम्पनीले दाबि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्