तत्काल लकडाउनको योजना छैनः व्यास नगरपालिका

  • ख-
  • ख+

दमौलीः तत्काल बजार बन्द गर्ने पक्षमा नरहेको व्यास नगरपालिकाले बताएको छ । कोरोना संक्रमणको दर बढिरहेका बेला बजारमा लक डाउनको आशंका भैरहेका बेला बन्द भन्दा सजगता बढाएर व्यापार सञ्चालन गर्न दिने पक्षमा रहेको नगरपालिकाको भनाई छ ।

‘तत्काल लकडाउन गर्ने योजना छैन,’ नगर उप प्रमुख मिरा जोशीले भनिन्,‘सजगता बढाएर व्यापार सञ्चालन गर्न दिने पक्षमा छौं ।’ यस अघि नगर प्रमुख बैकुण्ठ न्यौपानेले पनि अवस्था हेरेर मात्र निर्णय गर्ने बताएका थिए ।


‘बजारमा धान्नै नसकिने अवस्था आएमा सोचौंला,’ जोशीले भनिन्,‘अन्यथा बजार बन्द हुँदैन ।’

बन्दभन्दा सजग भएर व्यापार गरौं
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिले पनि दशैंका बेला व्यापार नै रोक्ने गरी बन्द हुँदा समस्या पर्ने भएकाले व्यवसायीलाई अधिक सजगतामा जोड दिइएको बताएको छ ।

‘हामी नै सजग नभएमा संक्रमण बढ्ने हो,’ एकाई सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले भने,‘त्यसैले व्यवसायीलाई नै बढी सजगता अपनाउन आग्रह गरेका छौं ।’ उनले सजगता बढाउन सकिने अवस्थामा लकडाउन गर्नु नपर्ने बताए ।

एकाईले जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिक प्रहरीसँग मिलेर सोमबार बजारमा मास्क वितरण तथा सचेतना अभियान सञ्चालन पनि गरेको थियो ।

पसल पसलमा पुगेर मास्क पनि वितरण गरिएको थियो । ‘हामी सजग भएनौं भने बजार बन्द गर्ने अवस्था पनि आउला,’ उनले भने,‘सजग भएर व्यापार गर्ने हो भने संक्रमण पनि नफैलने र व्यापारी पनि नमर्ने अवस्था आउन सक्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी