दलीय बीचको एकताबाट मात्र मुलुक समृद्ध बन्छ : सभापति देउवा

दमौली न्युज
  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दलीय बीचको एकताले मात्र मुलुक समृद्ध बन्न सक्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो कुरा बताएका हुन् ।  अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुको बिकल्प नरहेको सभापती देउवाको भनाई थियो ।

कार्यक्रममा कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङ, पुर्वमहामन्त्री डा.शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्य शङ्कर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई लगायतका वक्ताहरुले आफ्नो भनाई राखेका थिए । भवन निर्माणका लागि सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई पार्टी सभापति देउवाले प्रशसापत्रले सम्मान गरेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य नेपाली कांग्रेस उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन सचिवद्वय सहदेव अधिकारी र लक्ष्मीभक्त खनालले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्