
दुलेगौडा : नेपाल उत्पीडित जातिय मुक्ती समाज तनहुँले शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारा स्थित जातिय विभेद बिरुद्धको विशेष छलफल तथा फलफुल बितरण कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमबाट जि.पि.कोइराला राष्ट्रिया श्वास प्रश्वास उपचार केन्द्रमा उपचाररत बिरामीहरुलाई फलफूल बितरण गर्ने निर्णय गरिएको हो ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा शुक्लागण्डकी नगरपालिका पुर्व उप प्रमुख सबिता रसाइली, एमाले प्रदेश कमिटी सदस्य एवम् मुक्ति समाजका केन्द्रिय सदस्य बाबुराम सुनार, मुक्ति समाज केन्द्रिय सदस्य सुनिता नेपाली, जिल्ला अध्यक्ष भरत लामगादे, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी सदस्यहरु हस्पिटलमा गई बिरामीहरुलाई फलफुल बितरण गरेका थिए ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि सबिता रसाइलीले दलित एकता अहिलेको मुख्य आवस्यकता भएकोले सबै एकजुट भएर संघर्ष गर्नु पर्ने स्थिती बनेको छ, पार्टी नेत्तृत्वमा पुग्न पनि पार्टी सदस्यता महत्वपूर्ण रहेकाले पार्टि सदस्यता वृद्धि गर्न सबैलाई अपिल समेत गरेकी थिइन । उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य अन्जान परियार, बिनोद कुमार बिक बिकास, शुक्ला गण्डकी कार्यकालको सदस्य तथा प्रदेश सदस्य रितु नेपाली, केन्द्रीय सदस्य सुनिता नेपाली, बाबुराम सुनार लगाएतले आ–आफ्नो भनाई राखेका थिए ।
भरत लामगादेको सभापतीत्वमा भएको कार्यक्रममा गण्डकी प्रदेश अधिवेशनबाट सदस्यमा निर्वाचित बाबुराम सुनारलाई अध्यक्ष भरत लामगादेले खादा लगाई बधाई तथा सम्मान गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष फुल माया बि क.को थियो भने कर्याक्रम संचालन सचिव टोप बहादुर परियारले गरेका थिए ।