डी एन एफका केन्द्रीय सचिव गजमेर सम्मानित

दमौली न्युज
  • ख-
  • ख+

नयाँ दिल्ली : भारतको ५२ औं राष्ट्रिय विजय दिवसका अवसरमा बाबु जगजीवन राम कला संस्कृती तथा साहित्य अकादमी भारतको आयोजनामा अन्तराष्ट्रिय दलित सम्मेलन सम्पन्न भएको छ । नयाँ दिल्ली भारतको राजेन्द्र भवनमा आयोजित उक्त कार्यक्रममा लोकसभाका पूर्व अध्यक्ष श्रीमती मीरा कुमारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

१२ डिसेम्बर २०२३ मा आयोजित उक्त सम्मेलनमा भारत सरकारका केन्द्रीय मन्त्री रामदास अठावले लगायत विभिन्न प्रान्तका सासद उच्च पदस्थका राजनीति व्यक्ति, साहित्यकार, पत्रकार, कलाकारहरुको ठूलो संख्यामा उपस्थित रहेको थियो । उक्त सम्मेलनमा नेपाल भारत दलित मैत्री संघको नेतृत्वमा नयाँ दिल्लीमा आएका प्रतिनिधि मण्डलमा पूर्व मंत्री, सासदहरु, मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ता पत्रकार र संघका पदाधिकारीहरु सहितको उच्चस्तरीय प्रतिनिधि मण्डलको पनि कार्यक्रममा सहभागिता रहेको थियो । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याए बापत नेपाल र भारतका केही ब्यक्तित्व सम्मान सहित पुरस्कृत भएका थिए ।

एक भव्य समारोह विच सम्मानित महानुभावहरुमा नेपालबाट पूर्व मन्त्री आशा कुमारी विक, सांसद प्रभु हजारा पासवान, राष्ट्रिय दलित आयोगका सदस्य मेहले पार्की, डीएनएफका केन्द्रीय सचिव कृष्ण गजमेर, मानव अधिकारकर्मी तथा नेपाल भारत दलित मैत्री संघका सदस्य गोमा कुमारी सुनार, सारु थापा, पोखराका सह–प्राध्यापक कृष्ण बहादुर सुनार, रुपन्देहीका बाबुराम विश्वकर्मा, रवि विश्वकर्मा लगायतका ब्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी