प्रतिष्ठानद्वारा विद्यार्थीलाई न्यानो पोसाक सहित शैक्षिक सामाग्री बितरण

दमौली न्युज
  • ख-
  • ख
  • ख+

भिमाद : भिमाद नगरपालिका वडा नं ७ मा रहेको सिद्धज्योति आ.वि.मा अध्ययनरत विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो पोशाक सहित शैक्षिक सामाग्री वितरण गरिएको छ । स्व. टंकनाथ पराजुलीको नवौं वार्षिक स्मृति दिवसका अवसरमा विद्ययार्थीहरुलाई न्यानो कपडा,जुत्ता,मोजा र कपी वितरण गरीएको हो । कार्यक्रमलाई पराजुली पेपर एण्ड एलाइड इन्डस्ट्री,काठमाडौंका प्रोप्राइटर रामेश्वर पराजुलीले कपी सौजन्य गरेका थिए ।

भिमाद नगरपालिकाका नगर प्रमुख उक्त कार्यक्रमका प्रमुख अतिथि दधिराज सुबेदीले शिक्षा क्षेत्रको विकासको लागि नगरपालिका सधै लागि पर्ने र आवस्यक पर्ने पुर्वाधार र अन्य ब्यवस्थापनका लागि नगर सथै तत्पर रहेको बताउदै उनले भने विधार्थीलाई गरेको सहयोगले विद्यार्थीको सिकाइका लागी प्रेरणा मिल्ने बताए । त्यस्तै गरी भिमाद नगर शिक्षा प्रमुख उप–सचिव पद्मराज अर्यालले विद्यालय संख्याको आधारमा अन्य विद्यालय संग मर्च गर्नु पर्ने भएता पनि दलित तथा विपन्न परिवाका बाल बालिका अन्यत्र गएर पढ्न नसक्ने समस्या भएकोले सबै मिलेर यस बिद्यालयको शैक्षिक स्तर उकास्न लागि पर्न आग्रह गर्दै,प्रतिस्ठानद्वारा प्रदान गरिने पुरस्कारले बिद्यार्थीलाई सहयोग मिल्ने बताए ।

कार्यक्रममा नगर कार्यापालिका सदस्य बिरू बस्याल यसै बिधालयका पूर्ब प्र.अ.र प्रतिस्ठानका आजिवन सदस्य दिनानाथ पराजुली, विशेष अतिथिका रुपमा स्थानीय शिक्षा प्रमुख पदमराज आचार्य लगाएतको उपस्थिति रहेको थियो । टंकनाथ पराजुली शैक्षिक प्रतिष्ठानका अध्यक्ष प्रेमप्रकाश भट्टराईको अध्यक्षता भएको उक्त कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण सहयोग गर्नु हुने सम्पुर्णलाई अध्यक्ष भट्टराईले हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका थिए । स्व टंकनाथ पराजुलीका भाई तथा प्रतिस्ठानका सचिव खिमाकान्त पराजुलीले कार्यक्रम संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्