भिमाद बचत तथा ऋण सहकारी संस्थामा पुन अध्यक्षमा काजीमान

दमौली न्युज
  • ख-
  • ख+

भिमाद : भिमाद बचत तथा ऋण सहकारी संस्था को १८ औ बार्षिक साधारण सभा तथा ८औ अधिबेसन सम्पन्न भएको छ । अधिवेशनले काजीमान श्रेष्ठको अध्यक्षतामा र सस्था को सस्थापक अध्यक्ष ऋषिराम राना मगर को प्रमुख आतिथ्यमा नयाँ कार्यसमिति चयन भएका छन् ।

उपाध्यक्ष एक बहादुर घिमिरे,सचिव राम भक्त गैरे, कोषाध्यक्ष मैना देबि अधिकार रहेका छन् । त्यस्तै गरी सदस्यहरुमा सीता भण्डारी, सृर्जना श्रेष्ठ, बिमला ढकाल, शूर्य सुबेदी, शूर्य थापा साथै लेखा संयोजकमा डोल राज श्रेष्ठ, सदस्यमा नारायण लम्साल र उत्तम सुबेदी रहेको सचिव राम भक्त गैरेले बताए ।

कार्यक्रकका प्रमुख अतिथि ऋषिराम राना मगरले देश आर्थिक तरलताको अबस्थामा कयौं सहकारी माथी प्रश्न गर्ने अबस्थामा हामी सबै मिलेर सस्था प्रति उत्तरदाई भएर जस्ले जति सक्छ त्यति आफ्नो सस्था मा बचत गरेर सहयोग गरेनै हामी सबै र सस्थाको लागि भलो हुने बताए ।

कार्यक्रममा सहभागी अतिथि र सबै सहभागीहरुलाई उपाध्यक्ष एक बहादुर घिमिरे ले मन्तब्य सहित स्वातग गरेका थिए । सस्थाका सल्लाहकार डोल राज श्रेष्ठ बाबु राम सुनार र उमाकान्त श्रेष्ठ ले कार्यक्रममा मन्तब्य राखेका थिए भने सचिव राम भक्त गैरेले कार्यक्रम संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी