दमौली : व्यास १२ घाँसिककुवा स्थित पृथ्वीराजमार्गमा बुधबार बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परी कम्तिमा ३० जना घाइते भएको प्रहरीले जनाएको छ। ज्यान जानेमा हुनेमा ३५ बर्षीय हस्तराज राई र करिब ४० वर्षका टोप बहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुवैको ठेगाना नखुलेको प्रहरीको भनाई छ ।
धरानबाट पोखरा गैरहेको ग १ ख ७८९५ नम्बरको बस सडकबाट दुर्घटनामा परेको हो । बस करिब १० मिटर तल खसेको प्रत्यक्षदर्शी अन्जन श्रेष्ठले बताए। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। केहीलाई पोखरा पठाउने तयारी छ ।













