राष्ट्रिय सभा सदस्य पन्थ लोकतान्त्रिक अपांग संघको अध्यक्ष नियुक्त

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः तनहुँका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ नेपाल लोकतान्त्रिक अपांग संघको अध्यक्षमा नियुक्त भएका छन् । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति सभापति समेत रहेका पन्थ नियुक्त भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

महाधिवेशन समयमा नभए पछि संघ विघटन भएको थियो । तनहुँमा लामो समय अपांगता अधिकारका क्षेत्रमा क्रियाशिल पन्थलाई पार्टीले आफ्नो भ्रातृ संगठनको जिम्मेवारी सुम्पिएको हो । पार्टीले दिएको जिम्मेवारी प्रति आभार प्रकट गर्दै पन्थले यसलाई प्रभावकारी रुपमा उपयोग गर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी