गृहकोट : हरिनास गाउँ पालिका वडा नः४ गृहकोटको लालीगुरास आमा समुहले देउसी भैलोबाट उठेको रकमले आमा समुहको नाममा कोष खडा गरिएको छ । गरिब तथा जेहेन्दार बिद्यार्थीलाई,समाजको नाम राख्नको लागि अमुल्य योगदान र सम्मानिय काम गर्नेलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने गरि कोष खडा गरिएको आमा समुहकी अध्यक्ष कमला कुमारी मानन्धरले बताईन ।
उनका अनुसार उच्च शिक्षा हासिल गरि नेपालमै केही गरौं भन्ने बिरलै युवाहरु रहेकाले उच्च शिक्षा सगै आफ्नै मातृभुमीमा पसिना बगाउन र समाज देशको लागि उदाहरणिय काम गर्न प्रोत्साहन मिलोस भन्ने हेतुले उक्त कोष खडा गरिएको जानकारी दिईन ।
अधिकास युवाहरु एस ई.ई.र स्नातक पछि बैदेशिक रोजगारमा पलाएन भएकाले युवाहरुलाई स्वदेशमै रोजगारमा लाग्न यो कोषले केही सहयोग हुने बिश्वास गरिएको छ । आगमी बर्षमा यो कोष प्रोत्साहन र सहयोग मात्रै नभई यसको आकार बढाई स्वदेश, मातृ भुमिमै केही गर्छु भन्ने युवालाई सहुलियत दरमा ऋण प्रबाह गरेर व्यावसाय बिस्तार गर्न सहयोग समेत गर्ने गरि स्थापना गरिएको वडा न ४ वडा सदस्य गुञ्जन मानन्धरले बताईन ।













