दुलेगौडा : तनहुँको शुल्लागण्डकी नगरपालिकाले हरि बोधनी एकादशीको अवसरमा आफ्नो नगर क्षेत्रभित्र स्थानीय बिदा दिने निर्णय गरेको छ ।
कार्तिक ०७ गते पर्ने ठुलो एकादशीको दिन शुक्लागण्डकी नगरपालिकाले विदा दिने निर्णय गरेको नगर प्रमुख कृष्ण राज पण्डितद्धारा जारी सुचनामा उल्लेख छ ।
बुधबार जारी सुचनामा नगर अन्तर्गत रहेका कार्यालय, वडा कार्यालय, सेवा कार्यालय , सवै विद्यालय र शुक्लागण्डकी नगरपालिका भित्र सञ्चालित बैंक तथा वित्तिय संस्था तथा निजी संघ संस्था र निकायहरु समेतमा स्थानीय विदा दिने निर्णय भएको हो ।