जनताको ठूलो संघर्षबाट प्राप्त अधिकार उल्टाउन खोज्ने तत्वलाई परास्त गर्छौ : प्रधानमन्त्री ’प्रचण्ड’

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउन खोज्ने प्रतिगामीलाई एकतावद्ध भएर परास्त गरिनु पर्ने बताएका छन् ।

तनहुँको आबुखैरनीमा शुक्रबार आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

“नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंङ्गले अधिकार पाएका छन् । केही सामन्ती, प्रतिगामी तत्वहरुलाई जनताले अधिकार पाएको कुरा उनीहरुले सहन सकेका छैन । उनीहरू विभिन्न षड्यन्त्रमा लागेर अधिकार उल्टाउन खोजीरहेका छन् उनले भने । बिहान मात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग पनि कुरा गरेको थिए ।

देशको सुरक्षा अवस्था सामान्य छ । १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं,त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौं
“हाम्रो पार्टी नेतृत्वको सरकारले देश र जनताका पक्षमा महत्त्वपूर्ण कामहरू गरेको कुरा उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी