बर्दघाट सुस्तापुर्व : नवलपरासीको (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–९, एसमोडमा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा तीन महिला र तीन पुरुष रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता एवंम् डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन । माझडाँडाको बुलिङटारबाट कावासेती आउँदै गरेको नु २ ज ३२७० नम्बरको जीप आइतबार बिहान साढे ११ बजे दुर्घटना भएको उनले बताए ।जीप तीव्र गतिका कारण दुर्घटना भएको पनि उनले जानकारी दिए ।
डीएसपी पौडेलका अनुसार जीपमा सात जना सवार थिए । गम्भीर घाइते भएका एक पुरुषको उपचारका लागि चितवन पठाइएको छ ।











