काठमाडौं । यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ ।
आगामी कार्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका कार्यकसारी निर्देशक सुर्य प्रसाद दुङ्गेलले विज्ञप्ति जारी गर्दै भाईटिकाको साईत सार्वजनिक गरेका हुन् ।













