दमौली : नेपाल शिक्षक महासंघ तनहुँले हाल सालै सरुवा भएर आएका शिक्षा विकास तथा समन्वय ईकाई तनहुँका प्रमुख उद्धवराज कट्टेललाई विजय दशमी तथा शुभदिपावलीको शुभकामना कार्यक्रमको अवसर पारी स्वागत गरिएको छ ।
नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पाख्रेलको सभापतिमा भएको सो कार्यक्रममा शुभकामना आदान प्रदान गर्नुका साथै परिचयात्मक कार्यक्रम पनि गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराई, सचिव नरेन्द्र न्यौपाने ,एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव सिद्धान्त थापा, नेपाल शिक्षक संघ व्यास नगरका अध्यक्ष ईन्द्र प्रसाद पौडेल, लगाएतले शुभकामना मन्तव्य सहित नयाँ शिक्षा विकास ईकाईका प्रमुख लाई स्वागत गर्दै शुभकामना आदान प्रदान गरिएको नेपाल शिक्षक संघ तनहुँका प्रवक्त बुद्धि बहादुर वरालीले जानकारी दिए ।













